बैशाख १ गते मात्र फुल्ने फुल हेर्न सिरहामा हजारौं नेपाली र भारतीयहरुको भिड

सिरहा । सिरहामा आजबाट दुई दिने सलहेस मेला सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै राजा सलहेसको ऐतिहासिक सन्दर्भ जोडिएको सिरहामा यो मेला लाग्ने गर्दछ ।
मेलाको मुख्य आकर्षण एउटा रुखमा बैशाख १ गते मात्र फुल्ने फुल रहेको छ । माला आकारकोमा फुल्ने उक्त फुल हेर्न हरेक वर्ष हजारौं नेपाली र भारतीयहरुको भिड लाग्ने गर्दछ ।
राजा सलहेस र उनकी प्रेमिका मालिनीको प्रेमगाथाको रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब १० विगाहाको प्राचीन फुलबारीको दुई वटा रुखको मध्य भागमा एक जोडी माला देखिने गरेको छ ।
फुलबारीस्थित मालिनी मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार प्रतापी राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना स्वरुप मेला आयोजना हुंदै आएको छ । इमेजखबरमा समाचार छ ।