नयाँ वर्षको पहिलो दिन मनाईने विषु पर्व सुदूर पश्चिम क्षेत्रभरी धुमधामका साथ मनाईदै

कैलाली । सुदूर पश्चिम क्षेत्रभरी आज धुमधामका साथ विषु पर्व मनाईदै छ । नयाँ वर्षको पहिलो दिन मनाईने यो पर्वमा सिस्नु पानी छर्केर शुभकामना आदान प्रदान गरिन्छ ।
प्रचलित ज्योतिष शास्त्रको मान्यता अनुसार यस दिन सुर्य विषुवत रेखामा जाने भएकाले सुदूरपश्चिममा यस दिनलाई विषु संक्रान्तिका रुपमा मनाइन्छ ।
विषु संक्रान्तिका दिन वीस गाग्री पानीले वा नदीमा गएर बिस पटक डुवुल्की मारेमा रोग ब्याधी हट्ने विश्वास रहेको छ ।
दोष काट्नका लागि विषु पर्वमा साली भिनाजु, देवरभाउजु, साथी संगीबीच भिजाएको सिस्नो लगाउने चलन पनि छ ।
विषु पर्वका वेला गहुंको नयाँ बाला पोलेर बनाउने उमालाई प्रसादका रुपमा वितरण गर्ने चलन छ । उमा जति धेरैलाई बाड्यो त्यति नै पुण्य कमाइने विश्वास रही आएको छ । इमेजखबरमा समाचार छ ।