उमाकान्त पाण्डे / दुबइ, बैशाख ३ – नेपाली चलचित्र कोहिनुर यूएईको दुबइमा प्रदशन गरिने भएको छ । आगामी शुक्रबार यूएईको बर दुबइमा रहेको गोल्डेन सिनेमा हलमा कोहिनुर प्रदशन हुने भएको हो ।
कोहिनुर चलचित्रका लागि यूएईको आधिकारिक वितरक एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर सालीक सुवेदी र ग्लोबल ब्रिज कन्शलटेनटका प्रोपाइटर ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा कोहिनुर प्रदशन हुन लागेको हो ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम तथा नेपाली चलचित्रको इतिहासकै सर्बाधिक सफल चलचित्र कोहिनुर दुबईमा प्रदर्शनको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएका छन् । आगामी शुक्रबार स्थानिय समय अनुसार १:३० देखी चलचित्र प्रदशन हुन लागेको हो ।
अष्ट्रेलिया, मलेसिया, अमेरिका, दक्षिण कोरिया लगायतका देशमा प्रदर्शन भैसकेको कोहिनुर यूएईमा समेत प्रदशन गरिने भएकोले नेपाली कला सस्कृतिलाई माया गरि सदावहार स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नपनि यूएईमा रहेका सबै नेपालीलाई चलचित्र हेरिदिन आयोजकले आग्रह गरेका छन ।
कोहिनुर प्रदशनका लागि चलचित्रका कलाकारलाई यूएईमा ल्याउने पहल गरिरहेको ब्यबस्थापक ज्ञानेन्द्र बहादुर कार्कीले बताउनु भयो ।
चलचित्र प्रर्दशनको समयमा बन्दै गरेको नयाँ नेपाली चलचित्र ‘राजा’का निर्देशक दिपक खाँड लगायत चलचित्रका केही कलाकारको उपस्तिथी भने पक्का भईसकेको छ । निर्देशक दिपक खाँड