मिस नेपाल- २०१५ को प्रतिस्पर्धा आज

काठमाडौं  – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि शुक्रबार हुने भनिएको मिस नेपाल- २०१५ को अन्तिम प्रतिस्पर्धा सरेको छ ।
मिस नेपाल आयोजक हिडेन ट्रेडरका अनुसार मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धा शनिबार साँझ ७:१५ बाट सुरु हुनेछ ।
मिस नेपाल २०१५ मा १९ जना प्रतिस्पर्धी छन् ।
हिडेन ट्रेडरले अन्तिम स्पर्धाका लागि लिइएको टिकटको म्याद शनिबारसम्म रहने पनि जनाएको छ । ईकन्तिपुरमा समाचार छ ।