आज अक्षय तृतीया पर्व, जौको सातु र सर्वत दान गरी मनाईंदै

काठमाडौं  । आज अक्षय तृतीया पर्व, जौको सातु र सर्वत दान गरी मनाईंदैछ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ ।
ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।
आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने जनविश्वास रहिआएको छ ।
आजकै दिन बृद्धबृद्धालाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । हिन्दु धार्मीक परम्परा अनुसारका चार युगमध्ये सत्ययुग र त्रेतायुग यसै तिथिबाट शुरु भएको मानिन्छ ।
पवित्र चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ । इमेजखबरमा समाचार छ ।