चर्चित गायक प्रेमप्रकाश मल्लको ८० वर्षको उमेरमा निधन

काठमाडौं  – चर्चित गायक प्रेमप्रकाश मल्लको शुक्रबार राति ८० वर्षको उमेरमा निधन भएको छ ।
पक्षघातबाट गम्भीर बिरामी भएका मल्लको नेपाल नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
पोखरा  त साँच्चिकै को पोखरा नै रैछ’। , ‘वनकी म चरी कठै’।, म मरे पनि मेरो देश बाँचिरहोस्’ जस्ता चर्चित गीतका सर्जक उनी छोरा र पत्नीलार्इ अल्पायुमै गुमाएपनि शरीरले साथ दिएसम्म साहित्य लेखनमा  सक्रिय रहँदै आएका थिए ।
२०५८ साल पुसदेखि पक्षघातबाट थलिएका उनी त्यसयता निरन्तर विरामी पर्दै आएका थिए । एक महिनाअघि गम्भीर बिरामी परेका उनको चन्दा उठाएर भारतको लखनउमा उपचार गरेर केही साताअघिमात्र ल्याइएको थियो ।
गायन, कबिता, गजल लेखन सबैमा पोख्त उनी पछिल्लो समय आर्थिक अभावमा गुज्रिरहेका थिए । उनको उपचारमा सरकारले बेवास्ता गरेको उनका आफन्तले बताउँदै आएका थिए ।
मल्लाको आज दाहसंस्कार गर्ने तयारी भएको छ  उहाँका २ छोरी छन् । पछिल्लो समय अनि छोरी विणाश्री मल्लको घरमा बस्दै आएका थिए । उनको स्याहार पनि छोरीले नै गर्दै आएका थिइन् । अन्नपूर्णपोष्टमा समाचार छ ।