नेपालको महाभूकम्पमा परी तेलगु फिल्म उद्योगका अभिनेता के. बिजय सहित अन्य ८ बलिडउकर्मीको पनि मृत्यु भएको छ । भारतीय मिडियाले सार्वजनिक गरेको समाचार अनुसार २५ बर्षीया बिजय आफ्ना २० सदस्य टिमका सहित नेपाल सुटिङका लागि आएका थिए ।
एकताकरम डटकम नामक फिल्म सुटिङबाट फर्किने क्रममा उनी चढेको कारलाई भूकम्पले भेटेपछि घटना घटेको बताईन्छ ।
कोरियोग्राफर समेत रहेका अभिनेता बिजयको पार्थिव शरिरलाई जति सक्दो चाँडो स्वदेश झिकाउँन त्यहाँको फिल्म ईन्डष्ट्रीले सरकारसंग माग गरेको छ ।
यस्तै नेपाल सुटिङको तयारीमा रहेको अर्को ८ सदस्य बलिउड फिल्मकर्मीको पनि निधन भएको पुष्टी भएको छ । अभिनेत्री मुग्धा गोड्सेले टीवटरमा दिएको आधिकारिक भनाई अनुसार पोखरा सुटिङको क्रममा उनको टिमका ८ सदस्यको निधन भएको हो । यध्यपी यस बिषयमा नेपाल सरकार बाट कुनै पनि आधिकारिक भनाई सार्वजनिक भईसकेको छैन् । मुग्धा चाँहि उक्त टिमका अभिनेता रुस्लान मुम्ताजका साथ काठमाण्डूमै छिन् । न्युज फिल्मीमा समाचार छ ।