दोलखा । सरकारी आग्रहलाई अवज्ञा गर्दै इन्डियन एअरफोर्सको हेलिकप्टर शुक्रबार पनि दोलखा पुगेको छ ।
दोलखामा जिल्ला प्रशासन कार्यालयले उद्दारकार्यमा असहज भएको भन्दै सो फोर्सलाई उद्दारकार्यमा सहभागी नहुन अनुरोध गरेको थियो ।
उद्दारका लागि गएको हेलिकप्टरले क्षमताभन्दा निकै कम व्यक्तिको उद्दार गरेको र भारतीय नागरिकको उद्दारमा मात्र ध्यान दिएको बताइएको छ ।
हेलिकप्टर ठूलो भएकाले अवतरणमा पनि समस्या भएको छ । इमेजखबरमा समाचार छ ।