भूकम्पले असर गरेका कस्ता घरमा बस्ने ? कुन घरको अवस्था कस्तो छ ? कस्ता घरमा बस्ने इन्जिनियरको सल्लाह लिनुस्

काठमाडौं – भूकम्पले असर गरेका कस्ता घरमा बस्ने ? कुन घरको अवस्था कस्तो छ ? यसको यकिन नहुँदा धेरै सर्वसाधारण अझै घर फर्किन सकेका छैनन् ।
सर्वसाधारणको यही अवस्थामा सहयोग गर्न नेपाल इन्जिनियर्स पेशाकर्मी संघले उपत्यकाका घरहरुको बर्गिकरण गरिदिने भएको छ । रेड, एल्लो र ग्रीन गरी तीन वटा श्रेणीमा वर्गिकरण गरिने संघका अध्यक्ष इन्जिनिययर डा. माधव कोइरालाले जानकारी दिए ।
उनका अनुसार बस्न नमिल्ने घरमा रेड, मर्मतपछि बस्न मिल्नेलाई ‘एल्लो’ र बिना मर्मत बस्न सकिनेलाई ग्रीन चिन्ह लगाइने छ ।
http://bhukampa.net/ मा गएर आफ्नो संरचना क्षति निरिक्षण गराउनुहोस् । 
पहिलो चरणमा सबै भन्दा बढी क्षतिग्रस्त स्थानमा टोली परिचालित हुनेछ । संघले यसका लागि शनिबार इन्जिनियरहरुको भेला बेलाएको छ ।
भेलामा कसरी काम सञ्चालन गर्ने भन्नेबारे इन्जिनियरहरुलाई निर्देशन दिने र टोली निर्धारण गर्ने कोइरालाले जानकारी दिए । ईकन्तिपुरमा समाचार छ ।