भुकम्प पीडितलाई अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबले २ लाख रुपैया पठाउने

गिरी राज खनाल 
दम्माम, साउदी अरेवीया ।  नेपालमा गएको  ७.8 रेक्टर स्केलको भुकम्पले पुर्याएको ठूलो बिनास र जनधनको राहतका लागि अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबले २ लाख रुपैया पठाउने निर्णय छ ।
भुकम्प पीडितहरूको लागि राहत संकलनमा जुट्नका  अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबको बिशेष आपतकालिन बैठक  दम्मामको खुल्ला आकास मुनि बसेको थियो । र उक्त बैठकले आगामी शुक्रबार सम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख रुपैया पठाउने निर्णय गरेको हो। 
बैठकले महाभुकम्प बाट भएको क्षति प्रति गहिरो शोक ब्यक्त गर्दै राहत संकलनका  लागि अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरब जुटेको  बताएको छ ।  साथै  भुकम्प पीडितहरूको छिटोछरितो उद्दार र सर्बशुलभ सहायताको लागि नेपाल सरकारसंग माग समेत गरेको छ ।   
बैठकले राहत संकलन समिति गठन गर्दै राहत संकलन गर्न थालेको उल्लेख गरेको छ ।   
उक्त राहत संकलनको लागि बसेको बैठकमा गिरिराज खनाल, राम कुवर, शोभाखर भटराई, बिष्णु प्रसाद खनाल, तिलक श्रेष्ठ, गुणनिधि भुसाल, भोज राज खनाल, सुनिल खनाल, मदन श्रेष्ठ, ओम कार्की, राम बहादुर बिक, हिम नाथ भुसाल, शोभाकर खनाल, माधब पौडल, जुद्ध बहादुर थापा लगायतको उपस्थिती रहेको थियो । 
 साथै यस बाहेक अरु राहत तिव्र रुपमा सक्कलन गर्ने र अन्य सबैलाई पनि अनुरोध गरेको छ ।