मुम्बई- बलिउड अभिनेता सलमान खानले आफ्नो एनजिओ बिङ ह्युमनले नेपालमा कुनै सहयोग नगरेको स्पष्ट पारेका छन्।
नेपालका भूकम्प पीडितलाई सहयोग गरेको हल्ला फैलिएपछि सलमान खानले फेसबुकमा ह्युमन बिङले भारतका लागिमात्र काम गर्दै आएको र नेपालका भूकम्प पीडितलाई कुनै सहयोग नगरेको स्पष्ट पारेका छन्।
बिङ ह्युमनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको समाचार झुटो हो, उनले फेसबुकमा लेखेका छन्।
यद्यपि बलिउड हस्तीहरुले भने नेपाल भूकम्प पीडितहरुका लागि राहत संकलन अभियान सञ्चालन गरिरहेका छन्। नागरिकन्युजमा समाचार छ ।