सिमलपानीमा वेवारिसे भरुवा बन्दुक पड्कदा भाईको मृत्यु, दाई गम्भीर घाइते

प्रेमनारायण आचार्य
सिमलपानी, अर्घाखाँची । अर्घाखाँचीको सिमलपानी गाविसमा वेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन ।
 सिमलपानी गाविस वाड न. १ बिक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको वेवारिसे भरुवा बन्दुक पड्कदा स्थानीय सात बर्षिय जीबन घर्ती मगरको ज्यान गएको र  जीबनका दाजु शेरबहादुर घर्ती मगर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यलय ठाडाले बताएको छ । 
 
घर नजिकै मानिस नबस्ने  यमबहादुर परियारको घरमा भरुवा बन्दुक देखेपछि पड्काउन खोज्दा जीबनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सिनाले बताए ।  भरुवा बन्दुक कस्ले केको लागि राखेको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरी निरिक्षक तिमिल्सिनाको भनाइ छ । 

अन्य समाचारहरु