सलमान खानलाई दुई दिनको अन्तरिम जमानत

मुम्बई सेसन कोर्टबाट पाँच वर्षको कैद सजाय तोकिएका अभिनेता सलमान खानलाई हाइकोर्टले दुई दिनको अन्तरिम जमानत दिएको छ। यसबाट सलमान दुई दिनका लागि जेल जानबाट बचेका छन्।। हाइकोर्टले यस मामिलामा थप फैसला ८ मे शुक्रबार गर्नेछ।
सलमानका तर्फबाट जमानतको अर्जी दिएका वकिल हरिश साल्बेले सेसन कोर्टबाट फैसलाको पुरा पत्र नआएकाले सलमानलाई तत्काल जेल पठाउन नहुने दाबी गरेपछी हाइकोर्टले दुई दिनको अन्तरिम जमानत दिएको हो। AGENCIES