मुम्बई उच्च अदालतद्धारा बलिउड नायक सलमान खानको जेल सजाय स्थगित गर्ने आदेश, पासपोर्ट बुझाउन आदेश

मुम्बई – मुम्बई उच्च अदालतले बलिउड नायक सलमान खानलाई यसअघि सुनाइएको ५ बर्षको जेल सजाय स्थगित गर्ने आदेश दिएको छ । 
आज अदालतमा दुवै पक्षको तर्क सुनिसकेपछि न्यायाधीश अभय थिप्सेको एकल इजलासले खानलाई नयाँ धरौटीबुझाउने आदेश दिएको हो ।
केही सातापछि उनीबारे अन्तिम फैसला हुनेछ । अदालनले उनलाई पासपोर्ट बुझाउन आदेश दिएको छ । 
सन् २००२ को सेप्टेम्बर २८ को राति फुटपाथमा सुतेको मान्छेलाई गाडीले किचेर मारेको अभियोगमा खानलाई दोषी ठहर गर्दै मंगलबार मुम्बईको अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियाे । 
उनलाई रक्सी खाएर गाडी चलाएको पनि अभियोग लगाइएको थियो । 
सलमानको ल्यान्डक्रुजरले फुटपाथमा सुतिरहेकालाई किच्दा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । 
यो मुद्दामा २७ साक्षी पेश गरिएको थियो, जसमा घाइते, दुर्घटनाका साक्षी, तिनको उपचार गर्ने डक्टर, त्यसमा रात सलमान गएको बारमा काम गर्ने युवा, परिक्षणका लागि सलमानको रगत लिने डाक्टर लगायत थिए ।
उनीमाथि राजस्थानको अदालतमा अरू दुर्इ मुद्दा पनि छन् । १९९८ मा हरिणको अवैध शिकार गरेको र अवैध हतियार राखेको मुद्दा उनीमाथि चलिरहेको छ ।  एजेन्सी