गत शुक्रबार रिलिज भएको रणविर कपुरको फिल्म बम्बे भेलबेट रणवीरको करियरकै सर्वाधिक असफल फिल्म बन्न पुगेको छ।
यस क्रममा यस अघि सर्वाधिक फ्लप भएको उनको फिल्म ‘बेसरम’लाई उछिनेको छ। ‘बेसरम’ले रिलिजको पहिलो दिनमा २१ करोड भारूको सुरुवाती व्यापार गरेको थियो भने बायोपिक ‘बम्बे भेल्बेट’ले १६ करोड कमाइ गर्न तीन दिन लगाइदियो।
८० करोड भारुमा निर्माण गरिएको फिल्मले सुरुवाती सप्ताहमा ३५ देखी ४० करोड भारुको कमाइ गर्ने विश्वास गरिएको थियो।
फिल्मले समिक्षकहरुबाट पनि फिल्म गतिलो प्रतिक्रिया पाउन असफल रह्यो। फिल्मको व्यापारमा कुनै सुधारको लक्षण नदेखिएकाले फिल्म बजारमा फिल्म फ्लपको समूहमा परिसकेको छ।
– एजेन्सी