महाभूकम्पबाट क्षतिग्रस्त गोरखा दरबारमा पूजापाठ रोक

गोरखा  । महाभूकम्पबाट गोरखा दरबार क्षतिग्रस्त भएको छ । भवनमा बस्नै नसक्ने अवस्था आएपछि दरबार परिसरका मन्दिरमा पूजापाठसमेत रोकिएको छ ।

द्रव्य शाहदेखि नेपाल राष्ट्रको एकीकरणकर्ता पृथ्वीनारायण शाहसम्मको शासकीय थलो बनेको दरबार भूकम्पका कारण खन्डहरमा परिणत हुँदा सबैको मन कटक्क कुँडिएको छ । इमेज च्यानलमा समाचार छ ।