सरोज खनाल अमेरिका छाडेर सदाका लागि नेपाल फर्किदै

संविधान बनेको भोलि पल्टै अमेरिका छाडेर सदाका लागि स्वदेश फर्किने घोषणा गरेपनि सरोज खनालले सो अडान त्यागी तत्काल स्वदेशमै रहने निर्णय गरेका छन् । 

saroj khanal

पछिल्लो पटक  गत चैत्र महिनामा नेपाल आएका खनाल आफ्नो कागजी प्रक्रिया मिलाउँन गत जेठ १० गते अमेरिका फर्किएका थिए । उनी आउँदो जेठ २७ गते अमेरिकालाई पूर्ण रुपमा छाडेर स्वदेश फर्किने तयारीमा छन् अहिले ।   खनालले भर्जिनियामा रहेको घर र गाडी समेत बेचेर नेपाल फर्किने तयारीमा गरेका छन्  ।



उनले नेपाल बसाईका लागि काठमाण्डौको बालुवाटारमा एक नयाँ घर समेत बनाएका छन् । तर उनको एक छोरा अमेरिका आर्मीमा रहेका कारण उनी चाँहि सात बर्षपछि मात्र नेपाल फर्किने सरोजको भनाई छ । १६ बर्ष सम्म अमेरिकामा रहेर साधारण जिवन निर्वाह गरेका सुपरस्टार खनालले नेपाल फर्किए लगत्तै फिल्म क्षेत्रमा आफ्नो सक्रियता पुनः बढाउँने बताईएको छ ।


 उनले आफ्नै लगानीमा एक फिल्म पनि निर्माण गर्ने तयारी गरेका छन् जसलाई बल्कबष्टर डाईरेक्टर बिकास आचार्यले निर्देशन गर्ने बताईएको छ । सरोज सहित लामो समयको अमेरिका बसाई पछि गौरी मल्ल, रमेश उप्रेती, करिश्मा मानन्धर  पनि अमेरिका छाडी स्वदेश फर्किने उनका समकालिन कलाकारमा पर्दछन् । न्यूज फिल्मीमा समाचार छ ।