LIVE: नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल

LIVE:प्रधानमन्त्री सुशील कोइराला पनि जर्सी लगाएर नेताहरूको टिम क्याप्टेनका रुपमा मैदान प्रवेश गरेका  छन् भने कलाकारका तर्फबाट मदनकृष्ण श्रेष्ठले टिमको कप्तानी सम्हाल्नेका छन् । कलाकार तथा नेताहरू बिचको मैत्रीपूर्ण फुटबल म्याच केही बेर अघि सुरु भएको छ । बल दुई टिमका कप्तानलाई संयूक्त रुपमा प्रधान गर्दै राष्ट्रपति रामवरण यादवले नयाँ पत्रिकाले अायाेजना गरेकाे मैत्रीपूर्ण खेलको उद्घाटन गरेका हुन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको फुटबल मैदानमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्षकमल थापा लगायत शीर्ष नेताहरु सहभागी छन् । यस्तै, कलाकारको तर्फबाट महजोडी, सुनिल थापा, करिश्मा मानन्धर जितु नेपाललगायतले खेल्दै छन् । खेलको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका थिए । प्रत्यक्ष खेल हेर्न दर्शकका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजक नयाँपत्रिका दैनिकले जनाएको छ ।
भूकम्पपीडितका लागि सहयोग संकलन गर्ने उद्देश्यले शनिबार राजनीतिक दलका नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले शनिबार मैत्रीपूर्ण फुटबल खेलमा राजनीतिक दलको टिमको नेतृत्व पनि गरिरहेको छन्।
नयाँ पत्रिका दैनिकको संयोजकत्वमा भएको मैत्रीपूण खेलमा कोइरालाले राजनीतिक दलको नेतृत्व गरेका हुन्।
प्रधानमन्त्रीसहितका शीर्ष नेता र प्रतिष्ठित कलाकारबीच भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता राष्ट्रपति डा. रामवरण यादवले बल हस्तान्तरण गरेर सुरू भएको हो।
प्रधानमन्त्री कोइरालाको टोलीमा विभिन्न दलका सबै शीर्ष तथा युवा नेताको सहभागिता छ भने महजोडीको नेतृत्वमा रहेको कलाकारको टोलीमा करिश्मा मानन्धर, दीपाश्री निरौलालगायतको सहभागिता छ।
सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा सुरू भएको खेलमा अहिलेसम्म कुनै पनि टिमले गोल गर्न सकेका छैनन्।
खेल अवलोकनका लागि उपराष्ट्रपति परमानन्द झा, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवलगायतका विशिष्ट व्यक्तिहरू पनि हलचोक पुगेका छन्। टिकट र नेताहरूको जर्सी बिक्रीबाट उठ्ने शतप्रतिशत रकम भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नयाँ पत्रिकाले जनाएको छ।