महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गतका पछिल्ला खेलहरुमा अमेरिका र क्यामरुन विजयी भएको छ ।
क्यानाडामा जारी प्रतियोगिता अन्तर्गत मगलबार विहान सम्पन्न समुह डी को खेलमा संयुक्त राज्य अमेरिकाले अष्ट्रेलियालाई ३-१ ले हरायो ।
यही समुहको अर्को खेलमा नाईजेरियाले स्विडेनलाई ३-३ गोलको बराबरीमा रोकेको छ ।
खेलको ३१ मिनेटमै २-० को अग्रता लिएको स्विडेन रक्षापंक्तीमा समालिन नसक्दा ३-३ गोलको बराबरीमा चित्त बुझाउन बाध्य भएको हो ।
खेलमा अफ्रिकी टोली नाईजेरियाले सशक्त प्रदर्शन गर्दै उत्कृष्ठ पुनरागमन गरेको हो ।
महिला विश्वकप फुटबल अन्तर्गत समुह सी को खेलमा क्यामरुनले ईक्वेडरलाई ६-० ले हरायो ।
३४ औं मिनेटमा गोलको खाता खोलेको क्यामरुनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।
महिला विश्वकप प्रतियोगितामा विश्वका २४ टोलीले प्रतिस्पर्धा गरीरहेका छन् । एजेन्सी