परिवार सहित सदाका लागि खाली हात नेपाल फ़र्किए सरोज खनाल

न्यूज फिल्मीले प्रकासित गरेको समाचार अनुसार:



उटा सामान्य कारको डिकीमा कतिनै सामान अटाउछ र ? त्यसमाथि श्रीमती र एक छोरा सहित तीन ब्यक्तिको सामान एउटै कारको डिकीमा सिमित हुँदा हामीले प्रश्न गर्यौ ? सामान त देखिदैन  नि ?  तुरुन्त सरोजले जवाफ फर्काए र भने यहि गाडीमा छ हाम्रो सवै सामान । 
SAROJ KHANAL FAMILY

एयरपोर्ट परिसरमा उनको उक्त उत्तर पूर्ण रुपमा चित्त नबुझेपनि हामीले पुनः अर्को प्रश्न दोर्याएनौ । किन कि सरोज खनालले आफ्नो सवै भन्दा ठूलो सम्पत्ती छोरा र श्रीमतीलाई पनि संगै नेपाल फर्काएका छन् । उनका जेठा छोरा यूएस आर्मीमा रहेका कारण सात बर्षपछि मात्र नेपाल फर्किने छन् भने कान्छा छोराले अमेरिकी जागिर त्यागेर नेपालमै जागिर सुरु गर्ने योजना बनाई सकेका छन् । झण्डै १७ बर्षको अमेरिका बसाई पश्चात उनी बिहिबार साँझ परिवार सहित स्वदेश अवतरण हुँदा हामीले एयरपोर्टमा उनको परिवारको तस्बिर कैद गर्न भ्याएका थियौ ।  आधा फुलेको ब्ल्याक एण्ड ह्वाईट दारीमा पहिलेको जस्तै ह्याण्डस देखिएका यी पाका अभिनेताले पुनः आफ्नो  लाईफको स्टेरिङ कलिउड नगरि घुमाउँने प्रयत्न गर्दैछन् । 
SAROJ KHANAL

कुनै समयका सुपरस्टार यी अभिनेताले उमेर अनुसार सुहाउँने फिल्म खेल्ने र क्वालिटी फिल्म निर्माणको समेत लक्ष्य  लिएर स्वदेश फर्किएको बताउँदै भनेका छन्  फेरी  सुरु भयो फिल्मी जीवन सदाका लागि नेपाल फ़र्किएका उनी आउदो दिनमा  बालुवाटारमा बनिरहेको नयाँ घरमा बस्नेछन् जहाँ उनले फिल्म नगरीका लागि एक पार्टीको समेत आयोजना गर्दैछन् । 



मंगलबार साँझ अमेरिकाको बसाई लाई पूर्ण रुपमा त्यगेर विहिवार साँझ नेपाल फर्किएका सरोजलाई स्वागत छ  कर्मथलोमा ।