आज वर्षभरीकै लामो दिन एवम विश्व संगीत दिवस

 आइतबार विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।
वर्षभरीकै लामो दिनका रुपमा रहेको जुन २१ तारिखलाई संगीत दिवसको रुपमा मनाइने गरिएको हो । संगीतका पारखीहरुले यो दिन विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।
अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा संगीत दिवसको अवधारणा लिएका थिए ।
तर त्यसको औपचारिक शुरुआत भने फ्रान्सबाट भएको मानिन्छ । नेपालमा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । इमेजखबरमा समाचार छ ।