पूर्व युवराज पारस शाहले छोराछोरीसँग सेल्फी तस्बिर लिए

पूर्व युवराज पारस शाहले छोराछोरीसँग सेल्फी तस्बिर लिएका छन् ।
उनले आफ्नो फेसबुक एकाउन्टमा २ छोरी पूर्णिमा र  कृतिका  तथा छोरा हृदयन्द्रको साथ सेल्फी लिएका खिचेको तस्बिर पोस्ट गरेका छन् ।
 लामो समय थाइल्याण्ड बसेर गत चैतमा नेपाल आएका उनी कुण्डलिनी अपार्टमेन्टमा बसेका बसेका थिए ।
भूकम्प आएपछि उनी अहिले निर्मल निवासै छन् । उनको अझै पत्नी हिमानीसँग भने सम्बन्ध नसुध्रिएको निर्मल निवास स्रोतले जनाएको छ । कुण्डलिनी अर्पाटमेन्टमा बस्दा पनि पारसले छोराछोरीलाई गाडी हालेर घुमाउन लगेका थिए ।
नेपाल आउँदा निक्कै दुख्लो देखिएका पारस पछिल्लो समय भने मोटाएका देखिन्छन् । सेतोपाटीमा समाचार छ ।