बलिउड अभिनेत्री हेमा मालिनी सडक दुर्घटनामा सामान्य घाइते

मथूराबाट राजस्थान जाने क्रममा बलिउड अभिनेत्री तथा बिजेपी सांसद हेमा मालिनी बिहिबार सडक दुर्घटनामा परेकी छन्।
 राजस्थानको कौसा भन्ने स्थानमा दुरघटनामा परेकी हेमा सामान्य घाइते भएकी छन्। उनी जयपुर जाँदै थिइन्।
बाटोमा गाडी अचानक अनियन्त्रित भइ अर्को गाडीसँग ठोकिन्न पुगेको पछि उक्त घटना भएको थियो। मिडिया रिपोर्ट अनुसार अर्को गाडीमा सवार रहेका एक बालकको मृत्यू भएको छ भने चार जना घाइते भएका छन्। एजेन्सी