ट्वान्टी – २० विश्वकप छनोटको पहिलो खेलमा नेपालले अमेरिका विरुद्ध १२२ रनको चुनौति पाएको छ।
आयरल्याण्डमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदा १२१ रन बनायो।
नेपालका लागि प्रभावशाली बलिङ गर्दै शक्ति गौचनले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए। बसन्त रेग्मीले पनि समान ३ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। सोमपाल कामीले ४ ओभरमा रन खर्चिँदै २ विकेट लिए।
सागर पुनले १ विकेट लिए। सोमपाल कामीले ओभर बलिङ गर्दै २२ रन खर्चिएर २ विकेट लिए।
करन केसीले मंहगो बलिङ गर्दै २ ओभरमा २७ रन खर्चिए।
अमेरिकाका अकिम डडसनले सर्वाधिक ३९ रन बनाए। फहद बाबरले २३, करन गणेशले १५ र अदिल भट्टीले १४ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन्।
राम्रो शुरुवात गरेको अमेरिकाले नेपाली बलर सामु विकेट जोगाउन नसक्दा १२० रनमा समेटिएको हो ।
समूह बी अन्तर्गतको अर्को खेलमा यूएइले अफगानिस्तानलाई १६५ रनको चुनौति दिएको छ। सेतोपाटीमा समाचार छ ।