गीत संगीतको क्षेत्रमा फड्को मार्दै कमल घोसाली

कमल न्यौपाने
युएई । अबुधाबी – बाग्लुङ जिल्ला बोहरा गाबिस वार्ड नम्बर ४ मा जन्म लिई हाल कामको सिलसिलामा मध्य पुर्बी राष्ट्र युएईमा रहेका कमल घोसाली नेपाली गीत संगीतमा एउटा सकृय नाम हो । लोक दोहोरिका शब्द ,लय र संगीतमा आफुलाई अगाडी बढाउदै आएका कमलले पछील्लो समय आधुनिक गीततर्फ प्रबेश गरेकाछन । आफ्नै शब्दमा आधुनिक क्षेत्रका चर्चित गायक शिब परियार र प्रमोद खरेलको स्वरमा २ वटा गीत भर्खरै बजारमा ल्याएकाछन । यसअघी कमलले आफ्नै शब्द र नेपाली लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक  गायिकाको स्वरमा बिभिन्न गीत बजारमा प्रस्तुत गरिसकेकाछन ।