आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।
त्यसअन्तर्गत् धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्टाएको छ । यस्तै, अन्य सात ठाउँमा पनि क्रिकेट मैदान बनाउन रकम विनियोजन गरिएको छ ।
यस्तै, सरकारले यसै वर्ष काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण गर्ने भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गरी कभर्ड हल बनाउन लागिएको हो ।
यसैगरी, सरकारले दशरथ रंगशालाको मैदान मर्मतका लागि १३ करोड रुपैयाँ छुट्टाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटमा ललितपुरको च्यासल फुटबल मैदानलाई वैकल्पिक मैदानको रुपमा विकसित गर्न रकम विनियोजन गरेको छ ।
यसैगरी, काठमाडौंको मूलपानीमा रहेको क्रिकेट मैदान निर्माणका लागि रकम विनियोजन गरिँदा डिभिजन