(अर्घाखाँची डटकम) । भुपकम्पको कारण अहिलेको समयमा चलचित्र कर्मीहरु काम नगरी बसिरहेको बेला उहाँहरुलाई काम दिन को लागि र नेपाली चलचित्र लाइ अघि बढाउन को लागि नेपाली कथानक चलचित्र “नालायक”को निर्माण गर्नु भएका लेखक तथा निर्देशक रामभक्त श्रेष्ठ ले बताउनु भएको छ ।
निर्माता खिमान थापा, कार्यकारी निर्माता सानुकाजी श्रेष्ठ, लेखन निर्देशन रामभक्त श्रेष्ठ र कथा तथा प्रस्तुतकर्ता पदम गाहा को उक्त चलचित्रमा धेरै जसो नया कलाकारहरुलाई मौका दिइएको छ कलाकारहरु सोनाम थापा, खुस्बु खड्का, बालदिप राइ, मंजु श्रेष्ठ, खिमान थापा, ममता शर्मा, श्याम मिश्रा, देब महर्जन राम भक्त श्रेष्ठ र अर्घाखाँची डटकम भारत का प्रतिनिधि बाबु रोका मगर को पनि अभिनय रहेको छ ।
उक्त चलचित्र काठमाडौंको विभिन्न क्षेत्रहरुमा छायांकन गरिएको रोमान्स र थ्रीलर रहेको छ जसमा द्दन्द हिमाल केसी ले गर्नु भएको छ नृत्य निर्देशन दिनेश पाख्रिनले गर्नु भएको छ भने क्यामेरामेन कृष्ण श्रेष्ठ ले गर्नु भएको छ।