बाबु रोका मगर
कला मृत्यु पछीको जीवन हो, कला भगवानले दिएको वर्दान हो, कला सबै प्राणीमा हुन्छ मात्र फरक यती हो कला लाई प्रदर्शन गर्न सक्ने तरिका क्षेमता सबै प्राणीमा हुँदैन ।
तर आजकल को कला क्षेत्रमा धेरै परिवर्तन देखिएको छ । आजभोली कलाकारहरुले पनि बिभिन्न खाले गितहरु गाएर अङ प्रदर्शन गरेर कसरी हुन्छ आफु चर्चामा आउनको लागि कुनै पनि हद नछोड्ने एउटा विकृती हुन थालेको छ। जसको कारण आउदो दिनहरुमा यस्तो कला ले समाज अनि राष्ट्र माथी कालो धब्बा नलाग्ला भन्न सकीदैन । आफ्नो मौलिकता लाई भुलेर अरुको देखासिकी गर्दै वास्तविक कला लाई चर्तिकला मा ढालेका छन ।
यहाँ कलाकारहरुको बिरोध गर्न खोजिएको होइन तर अहिलेको समयमा जस्तो देखिएको छ त्यो अबगत गराउन मात्र चाहेको हो । उदाहरण को लागि नारिहरुको लागि भनेर मानिने हिन्दू नारिहरुको पर्व हरितालिका (तिज) २ दिन को मात्र हुन्छ तर त्यो दिन आउनु भन्दा एक महिना अगावै उत्ताउलो फेसन सँगै उत्ताउला गितहरु गाउदै नाच्न थाल्छन। तिज मा मात्र नभइ आजभोलि हरेक गितहरुमा उत्ताउलो फेशन संगै उत्ताउलो नाचको बिकृती बढ्दै गएको छ । नेपालीहरुको लोक संस्कृतिमा मुख्य मानिएको पन्चेबाजा लोप भएर बेन्डबाजा मा परिणत हुदै गएको छ नेपाली सदाबाहर लोक गित बज्ने स्थानहरुमा अंग्रेजी, हिन्दी, हिपहप,र्याप आदि इत्यादि गितहरु बजेका हुन्छन हामि स्वयम् आफैले हाम्रो आफ्नै कला संस्कृतिहरुलाई बचाउन सकेका छैनौ अनि आफै भन्दै हिड्छौ हाम्रो कला संस्कृति लोप हुन लाग्यो ।
यस्तो हुनुमा कसको के कमिले होला प्रश्न उठ्छ ? पैसावाला हरुले यस्तो गरे या कला धेरै भएकाहरुले यस्तो गरे ? तपाइहरुले कहिल्यै देख्नु भएको छ अथवा सुन्नु भएको छ नेपाल देखि बाहिरका देशहरुमा भएका रेष्टुरेन्ट, डान्सवारहरुमा नेपाली गित बजाएर नाचेको ? यस्तो हुनै सक्तैन किनकि हामीहरुले नै हाम्रो कला माथी अत्याचार गरिरहेका छौ “कला” को गला दवाउदै छौ।
कलाकारहरु राष्ट्रका गहनाहरु हुन् ति गहनाहरुको महत्व के कति छ त्यो कलाकारहरुले बुझ्नु पर्ने कुरा हो । “कला” मनोरन्जनको लागि मात्र नभई यसले राष्ट्र र राष्ट्रियताको पहिचान संगै आफ्नो अस्तित्व बचाउने काम गर्दछ । कलाकार ज्यूहरुले कलाको दुरुपयोग भन्दा सकरात्मक सदुपयोग गर्दा राम्रो हुन्थ्यो कि?