हरिशयनी एकादशी, घर आँगन रहेको तुलसी मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपियो

काठमाडौं  । सोमबार (आज) हरिशयनी एकादशी । हिन्दू धर्म अनुसार आजको दिन घर आँगन रहेको तुलसी मठमा विधिपूर्वक तुलसीको बिरुवा रोप्ने गरिन्छ ।
एक महिनाअघि बिजारोपण गरिएको तुलसीलाई आजकै दिन रोप्ने गरिन्छ । तुलसीलाई भगवान विष्णुको स्वरुप मान्ने गरिन्छ ।
चार महिनाको चतुर्मासपछि हरिबोधनी एकादशीको दिन तुलसीको पूजाआजा गरि बिदा गरिन्छ ।
चतुर्मासभर भगवान नारायण धर्तीमा शयन मुद्रामा रहने विश्वासका साथ तुलसीको पूजा गरिन्छ ।
हरिशयनी एकादशीबाट शयन मुद्रामा भएका नारायण भगवान हरिबोधनी एकादशीका दिन वैकुण्ठ प्रस्थान गर्ने विश्वास हिन्दू धर्माबलम्वीहरुमा छ ।
तुलसीलाई धार्मिक हिसाबले महत्वपूर्ण वनस्पतिको रुपमा लिने गरिन्छ । तुलसी धार्मिक मात्र नभई वैज्ञानिक तथा औषधीय हिसाबले पनि निकै उपयोगी वनस्पति हो ।
तुलसीले सबैभन्दा धेरै अक्सिजन प्रदान गर्ने गर्छ । अन्तिम अवस्थामा तुलसीको मठमा राख्ने गरिन्छ ।
आजै साउने महिना सोमवार पनि परेको छ । एकैदिन भगवान विष्णु र शिवजीको श्रद्धा गर्ने दिन परेकाले आज विहानैदेखि दुबै भगवानका तीर्थस्थलहरुमा तीर्थालुको घुईचो लागेको छ । इमेजखबरमा समाचार छ ।