भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको शान्तिको कामना गर्दै काठमाडौंमा महायज्ञ

काठमाडौं  । गत वैशाख १२ को शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको शान्तिको कामना गर्दै काठमाडौंको क्षेत्रपाटीमा श्रीमदभागवत् महायज्ञ लगाइएको छ ।
पशुपति सिद्धमहायोग ध्यान साधना केन्द्रको पहलमा यही श्रावण ६ गतेदेखि सुरु भएको महायज्ञ विहीबार समापन हुँदैछ ।
दिवंगतहरुको चीरशान्ति, घाइते तथा पीडित परिवारहरुको पीडा कम गर्ने तथा अर्को महाभूकम्प नदोहोरियोस् भनेर महायज्ञ लगाइएको आयोजकले बताएको छ । इमेजखबरमा समाचार छ ।