अखण्ड लुम्बिनीको माग गर्दै सन्धिखर्कमा मौन जुलुस प्रदर्शन

सन्धिखर्क, अर्घाखाँची ।  लुम्बिनी टुक्राउन पाईदैन टुक्राएको लुम्बिनी चाहिदैन भन्दै अखण्ड लुम्बिनीको माग गर्दै अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मौन जुलुस प्रदर्शन गरिएको छ । 

 



तस्बिर: नविन के.सीबाट 

 

शान्ति बगैचाबाट शुरु भएको मौन -याली बजारका बिभिन्न भागमा परिक्रमा गरेको थियो । 



मौन -यालीमा विभिन्न राजनीतिक दल, संघ- संस्था, पत्रकार, शिक्षक, विधार्थी, व्यापारी लगायत सयौको सहभागीता रहेको थियो ।   

 


तस्बिर: बसन्त श्रेष्ठबाट

 

यस अघि लुम्बिनी अञ्चलका ३५ मध्ये ३२ सभासदहरुले नवलपरासी, रुपन्देही र कपिलबस्तुलाई पनि पहाडमा बन्ने प्रदेशमा राख्न माग गरेका थिए । 




दलहरुबीच ६ प्रदेशमा सहमति भएअनुसार लुम्बिनी अञ्चलको गुल्मी, अर्घाखाँची र पाल्पा पहाडमा बन्ने प्रदेशमा पर्नेछ भने कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई मधेसमा बन्ने प्रदेशमा राख्ने तयारी छ ।




तर पनि प्रदेशको सीमाकंनमा लुम्बिनी अञ्चलका सबै जिल्ला पुन: एकै प्रदेशमा रहेका छन् । 



यस्तो छ :

राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान



 


 कुन जिल्ला कुन प्रदेशमा परे त ?



प्रदेश १ : 

मेची र कोशी अञ्चलका सबै जिल्ला मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र भोजपुर  सगरमाथा अञ्चलका सोलुखुम्बु, उदयपुर, ओखलढ्ंगा र खोटाङ



प्रदेश २ : 

बागमती अञ्चलका सबै जिल्ला, नारायणी अञ्चलको मकवानपुर र चितवन तथा जनकपुर अञ्चलको सिन्धुली, दोलखा र रामेछाप बाग्मती अञ्चल : भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक



प्रदेश ३ :

पर्सादेखि सप्तरीसम्मका तराईका ८ जिल्ला पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही



प्रदेश ४ : 

राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान



प्रदेश ५ : 

गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखिको पूर्वी भाग गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र मनाङ धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ



प्रदेश ६ : 

सेती, महाकाली र कर्णाली अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत जाजरकोट र दैलेख कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला,

कालीकोट र मुगु सेती अञ्चल : कैलाली, अछाम, डोटी, बझाङ र बाजुरा महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा, बैतडी र

दार्चुला

अन्य समाचारहरु