कृष्ण खनाल
बुटवल – रुपन्देहीको बुटवलमा भएको एन प्याब्सन सिङ्गीङ स्टारको उपाधी पवन पुलामीले जितेका छन् । स्काई ल्याण्ड बोर्डिङ्ग हाई स्कुलका विद्यार्थी पुलामीले दुई दर्जन प्रतियोगिलाई पछि पार्दै सिङ्गीङ स्टारको उपाधी हात पारेका हुन् ।
उपाधिसँगै उनले ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात परेका छन् । त्यसैगरि सैनामैना मेमोरियल स्कुलका नविन परियार द्वितीय र ग्लोरि बोडिङ्ग स्कुलका आकांक्षा भण्डारी तृतीय भईन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीले शुक्रबार आयोजना गरेको प्रतियोगितामा सिद्धि चिल्ड्रेन ईङ्गलिस बोडिङ्ग स्कुलकी पुर्णिमा आत्रेयले सान्त्वना स्थान हासिल गरीन् ।
प्रतियोगितामा द्वितीय हुनेले ३ हजार, तृतिय हुनेले २ हजार र सान्त्वनाले १ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले दिक्षाको ज्योती घरघर पु