भारत महाराष्ट्रको नासिक शहरस्थित गोदावरी नदीमा लाग्ने कुम्भ मेलामा हजारौं भेला भएका छन् ।
हरेक वर्ष आयोजना हुने कुम्भ मेलाका लागि गोदावरी नदीमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
कुम्भ मेलामा ब्रत बसी स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रही आएको छ ।
कुम्भ मेलामा हुने भीड नियन्त्रणका लगि सयौं सुरक्षाकर्मी खटिएका छन् । कुम्भ मेलामा सहभागी हुन देशबाहिर रहेका भारतीयहरु पनि फर्किरहेका छन् । (एजेन्सी)