बलिउड अभिनेता एवम् मूम्बई बम धमाकामा दोषी ठहर गरिएका संजय दत्तलाई महाराष्ट्र प्रशासनले जेलबाट फेरि ३० दिनको बिदा दिएको छ। दत्तले गत जूनमा आफ्नी छोरी स्वास्थ्य समस्या देखाउँदै छुट्टी मागेका थिए।
AGENCY
पटक पटक दत्तलाई स्टार भएका कारण प्यारोल दिएर विशेष महत्व दिएको भन्दै संचारमाध्यममा बहस हुने गरेको छ।
यसपाली दत्तकी छोरीको नाकको शल्यक्रिया हुने भएकाले उनलाई छुट्टी दिएको बताइन्छ। उनले दुई दिन अगाडी सो स्वीकृति प्राप्त गरेका हुन्। कानुनत: उनले तीस दिने छुट्टीमा थप ६० दिन थप्न सक्छन्। सन् २०१३ मा जेल गएका संजयले त्यसयता पटक पटक गरेर १४६ दिन बिदा लिइसकेका छन्। एजेन्सी, सेतोपाटी