एसीसी यु-१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४९ रनको विशाल अन्तरले पराजित गरेको छ ।
नेपालले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा युएई २० ओभर ५ बलमै सबै विकेट गुमाएर ५० रनमै सीमित भयो ।
युएईका ६ ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् । उसका प्रारम्भिक दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रनको योगदान गरेका थिए । जस अनुसार बरुण परेराले ३२ र जाफ्री जाफरदिनले १२ रन बनाए । अन्य तीन ब्याट्सम्यानले व्यक्तिगत १