यो दाजुको मिर्मिरे आँखा, ………..करिमले लाएको डोरो, डोरो छिन्यो मन भयो एकाहोरो, नरोउ मायालु .... !!!
आज ऋषि तर्पणी अर्थात जनैपूर्णिमा मुलुकभरका हिन्दु धर्मावलम्वीहरु रक्षा बन्धन गरी मनाउदैछन् । जनै लगाउनेले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा माटो,गोवर,कुश,खरानी र अपमार्गले स्नान गरी विशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्छन् ।
यस पर्वमा उनीहरु ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गर्दछन् । तागाधारीहरु आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने गरिन्छ ।
पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षाबन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ ।
यस दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । आज विहानै देखी पशुपती मन्दीरमा ठुलो भिड लागेको छ । यसअवसरमा शुरक्षाका खातीर नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन गर्नै गरिन्छ ।
यसैगरी तराईमा आ-आफ्ना दाजुभाईलाई दिदीबहिनीहरुले आजै राखी बाँध्ने चलन रहेकोछ । जनै र रक्षासुत्र धारण गरिसकेपछी ९ जातका अङकुरीत गेडागुडी मिसाएर पकाएको पौिष्टयुक्त क्वाँटी खाने चलन पनि रहेको छ ।
क्वाटी खानाले शरीरमा भएको वायुको रोगसमेत निको हुने जनविश्वास रहेको छ ।