चुत्राबेशीको घोँचेखोला स्थित वली पाउरोटीका संचालकलाई कुटपिट, युवक संघ अर्घाखाँचीद्धारा घोर भत्र्सना

पहिलो प्रकासित मिती: सोमबार २१, २०७२
 
चुत्राबेशी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित चुत्राबेशीको घोँचेखोला स्थित वली क्वालिटी पाउरोटी उद्योगका संचालक एंव नेकपा मसालको भ्रातृ संगठन अखिल नेपाल युबक संघ अर्घाखाँचीका जिल्ला उपाध्यक्ष दिल बहादुर वली साजनलाई सोमवार दिउसो उद्योग भित्र पसेर कुटपिट गरी लुटपाटको प्रयास भएको अखिल नेपाल युबक संघ अर्घाखाँचीले जनाएको छ ।
 
 
दिउसो करिव ४ बजे तिर पाउरोटी उद्योगमा काम गर्दै गरेका वलीको टाउकोमा दाउराले हानी घाँटीमा लगाएको सुनको सिख्री र मोवाईल लुट्ने प्रयास गरेको भन्दै अखिल नेपाल युवक संघ अर्घाखाँचीले घोर भत्र्सना गरेको छ । 
अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कविराम खनालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ निज व्यत्तिहरु प्रतेक दिन महिलाहरुलाई हप्काउने, सर्वसाधारण हरुलाई धम्काउने, नशालु पदार्थ सेवन गर्ने जस्ता कार्यमा संलग्न रहदै आएकाले दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न जिल्ला प्रशासनसँग माग गर्दछौं । 
 
चुत्राबेशी ।
 


यसभन्दा अगाडी २०७२ जेठ ११ गते राती उक्त उधोगमा आगलागी भएको र आगलागी गराउने व्यक्तिहरुले नै आक्रमण गरेको हुन सक्ने भन्दै यथाशिघ्र छानविन गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।
 
घटनामा संलग्न रहेको भन्दै चुत्राबेशीका स्थानीयले मोहित भुसाललाई प्रहरीको जिम्मा लगाएता पनि  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घट्नाको बारेमा अनुसन्धान जारी राखेको अर्घाखाँची डट्कमलाई जनाएको छ ।
 
Krishna Pariyar contributed to this report.

अन्य समाचारहरु