हिन्दु महिलाको महान् पर्व तीज सुरु, आज पहिलो दिन दर खाने

काठमाडौं ।  हिन्दु महिलाको महान् पर्व तीज आजबाट सुरु हुँदैछ । पहिलो दिन मंगलबार(आज) दर खाने गरिन्छ ।
तीजको ब्रत बस्ने हिन्दू महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर मंगलबार राती अबेर दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती मीठा-मीठा परिकार खाने चलन बसेको हो ।
टाढा टाढा रहेका चेलीहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दूध लगायतका मीठा परिकार खाने गर्छन् ।
दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दर खाने गरिएपनि हिजोआज शहरबजारमा पहिलेदेखि नै दर खाने चलन छ ।
हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार महिलाहरु ब्रत बस्ने गर्छन् । व्रतका दिन दिदीबहिनी र आफन्तजन भेट गरी दुःखसुखको गीत गाएर रमाइलो गर्ने परम्परा छ ।  इमेजखबरमा समाचार छ ।