काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको दिन महिला ब्रतालुहरुलाई पूजाआजाका लागि सम्पूर्ण व्यवस्था मिलाइएको जनाएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन कोषले महिलाहरुका लागि मन्दिरसम्म पुग्नका लागि लाइनको व्यवस्था, सुरक्षा, आकस्मिक स्वास्थ्य कक्ष, स्वयंसेवक परिचालन, सरसफाइलगायतका सबै प्रबन्ध मिलाइएको जनाएको हो ।
पशुपतिनाथमा दर्शन तथा पूजाका लागि बुधबार (भोलि) बिहान ३ बजेदेखि नै मन्दिरका सबै ढोका खोल्ने व्यवस्था मिलाइएको जनाइएको छ । भक्तजनहरुको गोदान, पूर्णपात्रो जस्ता दानका लागि छुट्टै स्थान तोकिएको छ ।
यस्तै, लाइन बस्न नचाहनेहरुका लागि भने एक हजार रुपैयाँको टिकटको व्यवस्थासमेत गरिएको छ ।
दर्शनार्थीको लागि गौशला, बनकाली, राजराजेश्वरी हुदै लाइन बस्ने व्यवस्थ मिलाइएको छ । इमेजखबरमा समाचार छ ।