आज असोज १ गते विश्वकर्मा पूजा मनाईदै

 आज विश्वकर्मा पूजा मनाईदैछ । प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ ।
समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ ।
नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा आराधना गर्ने चलन छ । इमेजखबरमा समाचार छ ।