कुपोषण हटाउन अर्घाखाँचीका महिला स्वास्थ्य स्वयं सेबिका सक्रिय

प्रेम आचार्य



सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका महिला  स्वास्थ्य स्वयं सेबिकाहरुले जिल्लाको कुपोषण घटाउन पहल गर्ने बताएका छन । उनीहरुले पहिले देखिनै स्वास्थ्य र अन्य क्षेत्रमा काम गर्दै आएकोमा अब कुपोषणको दर हटाउन सक्रियताका साथ लाग्ने बताएका छन । 

 


सन्धिखर्क नगरपालिका ८ र ९ अन्तर्गत खाँचीकोटमा सञ्चालन भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिममा सहभागी महिला स्वास्थ्य स्वयं सेबिकाहरु तालिमका कृयाकलाप गर्दै ।

 

सबै भन्दा संबेदन सिल मानिने गर्भबती महिला र सुत्केरी महिलाको अबस्था सुदृढ गर्न र स्वस्थ र स्वच्छ समाजको निर्माण गर्ने नेपाल सरकारको लक्ष्यमा साथ दिन आफुहरुले कुनै कसुर बाकी नराख्ने खाँचीकोटकी महिला स्वस्थ्य स्वं सेबिका शान्ता आचार्यको भनाई छ ।  



 अर्घाखाँचीका बिभिन्न स्थानमा सञ्चालन भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिमका सहभागी महिला स्वास्थ्य स्वयं सेबिकाहरुले यस्तो कुरा बताएका हुन ।  

 


 

जिल्ला स्वास्थ्य कार्यलयको आयोजनामा सुआहारा कार्यक्रम अन्तर्गत  लुम्बिनी सामाजीक बिकास केन्द्रको सहजीकरणमा ५  दिन सम्म सञ्चालन भएको  तालिमका सहभागी  महिला स्वास्थ्य स्वयं सेबिकाहरुले आमा र बच्चाको स्वास्थ्य अबस्था सुदृढ गर्नका लागि आफुहरु अझ ससक्त रुपमा लागि पर्ने बताएका छन । 

 



 

दुइ चरणमा सञ्चालन भएको तालिममा झण्डै २० गाविसका महिला स्वास्थ्य स्वं सेबिकाहरुले तालिम प्राप्त गरेका छन । दुई चरणका तालिम समापन भएको र अबका दुई चरण पश्चात जिल्लाका सबै स्वयं सेबिका र सामाजीक परिचालकहरुले  तालिम प्राप्त गर्ने सुआहारका जिल्ला संयोजक दिबस ढकालले बताउनु भयो । 



  जिल्लाको मातृ शिसु पोषणको सुधारकालागि सुनौला हजार दिनका गर्भबती महिला, बच्चा र तिनका परिबारको पोषणको अबस्था सुधारकालागि तालिमको सञ्चालन भएको  लुम्बिनी सामाजीक बिकास केन्द्रका कार्यकारी निर्देशक ईन्द्रमणि पौडेलले बताउनु भयो ।

 



 

यो तालिमका सहभागी महिला स्वास्थ्य स्वयंसेबिकाहरुले आफ्नो गाँउको आमा समुहमा गई गर्भबती तथा सुतकेरी महिलाहरुलाई आफुहरुले सिकेको ज्ञान दिनेछन । जसका कारण जिल्लाको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको खाँचीकोटका स्वास्थ्य चौकी प्रमुख मीनराज पौडेलको भनाई छ  । 



  नेपालको जनसांख्यीक सर्भेक्षण २०११ को तथ्यांक अनुसार शिसु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ४५ प्रतिसत  छ । शिसु जन्मेको एक दिन भित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिसत छ । शिसुलाई ६ महिना सम्म पुर्ण स्तनपान गराउनेको संख्या ७० प्रतिसत छ शिसुलाइ कहिले पनि स्तनपान नगराएको भने १ प्रतिसत छ ।  



 विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुधबाहेक अन्य खानेकुराहरू बच्चालाई खुवाउनु हुँदैन । स्तनपान गराउनाले बच्चामा शारीरिक तथा मानसिक बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्दत गर्दछ । त्यसैगरी बच्चालाई २ वर्षसम्म लगातार स्तनपान गराएमा बच्चा फूर्तिलो हुने साथै ६ महिनापछि खुवाइने थप खानाले गर्दा बच्चालाई सिकाईको लागि तयार पार्ने हुँदा बच्चाले सजिलोसँग पढ्न सक्ने हुन्छ । 

अन्य समाचारहरु