गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा १ सय १२ जना एच.आई.भी. एड्स संक्रमित भएको एक तथ्याङ्कले देखाएको छ ।
पाली गा.वि.स.स्थित श्री कोट प्राथमिक विद्यालयमा एच.आई.भी. परिक्षण तथा यौन रोग उपचार सम्वन्धि एक दिने निःशुल्क घुम्ति शिविर । फाइल
एच.आइ.भि.एड्सको क्षेत्रमा लामो समयदेखी काम गर्दै आएका प्रेरणा, सन्देश समुह र सक्रिय सेवा समाज अर्घाखाँचीले गत आर्थिक बर्ष ०७१-२०७२ मा गरेको कामको समिक्षा एवम् आगामी कार्ययोजना सम्बन्धि छलफल गर्न प्रेरणा संस्था अर्घाखाँचीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा यो तथ्याङ्क सार्बजनिक गरिएको हो ।
जिल्लामा जम्मा १ सय ३९ जना एड्सका रोगी भएपनी २७ जनाले ज्यान गुमाइसकेको र १ सय १२ जना संक्रमितहरु विभिन्न जिविकोपार्जनका काममा लागीरहेको प्रेरणाले बताएको छ । एक सय बाह्र जना मध्ये ३० बर्ष देखी ३९ बर्ष उमेर समुहका सबैभन्दा बढि ६३ जना, ० देखी ९ बर्ष सम्मका पाँच, १०देखी १९ बर्ष सम्मका तिन,२०देखी २९ बर्ष सम्मका १६ र ४० बर्ष भन्दा माथीका २५ जना एच.आइ.भि.संक्रमित रहेको र संक्रमितहरु मध्ये एक सय जना संस्थाको सम्पर्कमा रहेको संस्थाले बताएको छ ।
पाली गा.वि.स.स्थित श्री कोट प्राथमिक विद्यालयमा एच.आई.भी. परिक्षण तथा यौन रोग उपचार सम्वन्धि एक दिने निःशुल्क घुम्ति शिविर । फाइल
एच.आइ.भि.एड्सको क्षेत्रमा लामो समयदेखी प्रचार-प्रसार, रगत परिक्षण विभिन्न अभिमुखीकरण तालिम लगायतका काम गर्दै आएका प्रेरणा,सन्देश समुह र सक्रिय सेवा समाज अर्घाखाँचीले पछिल्लो समयमा एच.आइ.भि. रोक्नको लागी कन्डम, संक्रमितहरुको लागी ए.आर.बि. औषधि बितरण गर्नुको साथै, सन्देश समुहको अगुवाइमा एच.आइ.भि.एड्स संक्रमितहरुलाई काम गर्न हौसला मिलोस भन्दै सर्बोत्तम पिठो उत्पादन एवम् बितरण लगायतका काम गर्दै आएको छ ।
अन्तरसंवाद कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एच.आइ.भि.एड्सको क्षेत्रमा यि संस्थाहरुले खेलेको भूमिकाले अर्घाखाँची जिल्लामा एच.आइ.भि.संक्रमितहरुलाई राम्रो सहयोग पुग्दै गएकाले संस्थाहरुलाई अझ सक्रियताका साथ प्रभावकारी काम गर्न आग्रह गर्दै सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
पाली गा.वि.स.स्थित श्री कोट प्राथमिक विद्यालयमा एच.आई.भी. परिक्षण तथा यौन रोग उपचार सम्वन्धि एक दिने निःशुल्क घुम्ति शिविर । फाइल
जिल्ला विकास समिति अर्घाखाँचीका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालको अध्यक्षता र प्रेरणा अर्घाखाँचीका प्रेम चन्द बि.क.को सन्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारी, प्रहरी नायब उपरिक्षक कमल प्रसाद खरेल, निमित्त महिला विकास अधिकृत वेलकुमारी परियार,जिल्ला आयुर्वेद जनस्वास्थ्यका प्रमुख डाक्टर पुष्पराज पौडेल, अर्घाखाँची हस्पिटल प्रा.ली.का नारायण पौडेल र जिल्ला जनस्वास्थ्यका एच.आइ.भि. सम्बन्धि फोकल प्रशन हरी प्रसाद पन्थी लगायतको सहभागिता रहेको थियो ।
२०७० बैशाख सम्म अर्घाखाँचीमा १०७ जना एच.आई.भी. संक्रमितहरु रहेको थियो । र यौन संक्रमण पनि दिनानुदिन बढ्दै गईरहेको जानकारी समेत प्रेरणा संस्थाले दिएको छ ।