यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले जितेको छ ।
शनिबार भएको लिगको अन्तिम खेलमा चिरपरिचत मनाङ मर्स्याङ्दी क्लबलाई २-०ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो।
थ्रिस्टारको जितका लागि बिजय धिमाल र अफेजले गोल गरे।
यस्तै थ्रिस्टारसँग पराजित मनाङ तेस्रो भयो। लिगमा ३५ अंकसहित थ्रि स्टारले उपाधि हात पार्दा ३१ अंकमा समेटिएको मनाङ तेस्रो भएको हो। प्रतियोगितामा आर्मी ३३ अंकसहित दोस्रो भयो। सेतोपाटीमा समाचार छ ।