आयो आयो आजफेरी हाम्रो दशैं आयो तिहार आयो- – – – –

हिन्दुहरुको महान चाड बडादशैं र तिहारलाई लक्षित गरेर एनके ब्रदर्शले आयो आयो आजफेरी हाम्रो दशैं आयो तिहार आयो बोलको म्यूजिक भिडियो ल्याएको छ ।
 
अमेरिकाको ओहाइयो स्थित सिनसीनाटीमा बसोबास गर्ने दाजुभाई नरेश र खडा गौतमको सागींतिक ब्याण्ड एनकेले हालै डिजिएस प्रोडक्सनको ब्यानरमा सो म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
गीतमा बुद्ध सायमीले संगीत दिएका छन् भने गौतम दाजुभाइको लेखन र स्वर रहेको छ । पहिलो एल्बमको तयारीमा रहेको सो ब्याण्डले सार्बजनिक गरेको पहिलो म्युजिक भिडियोले नेपालीहरुको कला संस्कृती जगेर्ना गर्न सहयोग गर्ने अपेच्छा लिएको ब्याण्डका गायक नरेश गौतमले बताए ।
 
उनले भने विदेशमा नेपाली चाडबाडको महत्व अझ धेरै हुनेरैछ, त्यसैले पनि भुटनिज युथ अफ सिनसीनाटीका युवाको सहयोगमा म्यूजिक भिडियो निर्माण गरेका छौं, आशा छ श्रोता दर्शकको साथ सहयोग पाउनेछौं । अन्नपूर्णपोष्टमा समाचार छ ।