यस वर्षको दसैंमा टीकाको साइत बिहान १० बजेर ५५ मिनेट

यस वर्षको दसैंमा टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट परेको छ ।
कात्तिक ३ गते मंगलबार फूलपाती परेको छ । बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत ११ बजेर ५३ मिनेटमा छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ ।
कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ ।