राष्ट्रपतिले बिहीबार दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म दशै टीका लगाइदिने

राष्ट्रपति डा रामवरण यादवले विजयादशमी-२०७२ का अवसरमा यही कात्तिक ५ गते बिहीबार इच्छुक सर्वसाधारणलाई दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने भएका छन्। 
 
राष्ट्रपति कार्यालयले सो दिन उक्त समयमा राष्ट्रपति भवन, शीतल निवासको ढोका खुल्ला रहने जनाएको छ । रासस