ओझेलमा अर्घाखाँचीका भलिबल खेलाडी किरण

 बाबु रोका मगर 
खेल जगतमा शरीरको सबै अंग एकैचोटी कसरत हुने नेपालको धेरै जसो पहाडी भेकमा खेलिने आकर्षित खेल भलिबल केहि समय अघि बाट क्रिकेट खेलले बच्चा देखि युवाहरुलाई आकर्षित बनाए पछि भलिबल खेल ओझेल पर्न लागेको छ |
खेलाडी राष्ट्रका गहना हुन उनीहरुको संरक्षेण गर्नु राष्ट्रको कर्तब्य हो तर अहिले फुटबल खेलका केहि खेलाडी पैसाको लागि खेललाइ दाउमा लगाउने दुइ चार जना गद्दार खेलाडीहरुले गर्दा अन्य इमान्दार खेलाडीहरु माथि नराम्रो धब्बा लाग्ने गर्छ जसको कारण खेलाडीको मनोबल कमजोर हुन जान्छ उत्साहामा ह्रास आउछ | यहाँ त्यस्तै अर्घाखाँचीका इमान्दार अनि होनहार भलिबल खेलाडीको वारेमा छोटो प्रस्तुति |
हँसिलो कसिलो जिउडाल अर्घाखाँची को धारापानी गाबिस फलामखिलीमा जन्मेका कुनै समयमा एकाएक चर्चा बटुलेका भलिबल खेलाडी हुन् किरण आले मगर (किरु) स्कुले जीवन देखि नै भलिबल लाइ माया गर्दै गाबिस स्तर देखि लिएर जिल्ला अञ्चल सम्म आफ्नो नाम र जिल्लाको नाम दबदबा बनाएका किरण आले पारिवारिक स्थिति र समयको परिबंधन संगै आफुलाई समयको कठघरामा बाँध्न मजबुर भएका छन् | अर्घाखाँचीका प्रत्येक गाविसमा आफ्नो खेलको कला प्रदशर्न गरि धेरैजनाको मन मस्तिष्कमा बसेका किरण अहिलेको समयमा ओझेल परेका छन् | सानै उमेरमा ममता को कोख गुमाएका रिटायर्ड इन्डियन आर्मी बाबा अनि तिन दाजु र एउटी बहिनि संगै हुर्किएका किरण सानै देखि नै भलिबल प्रति खुब चासो राख्ने गर्दथे समयले कोल्टो फेर्दै गयो पैसा र रोजगारीको अभावले आफु भित्र भएको प्रतिभालाइ मारेर बस्नु परेको तितो गुनासो गर्छन | किरण मुस्कान छोड्दै भन्छन खेल क्षेत्रबाट देशको नाम रोशन गर्ने ठुलो सपना थियो सपनामा नै सिमित रहने भयो |        
किरण भन्छन प्रतिभा भएर मात्र नहुदो रहेछ यसलाई सहि ठाउमा सदुपयोग गर्न नजान्दा पनि कहिलेकाही आफुलाई ठुलो गल्ति भएको महसुस हुन्छ | भलिबल भनेपछि जहाँ जतिबेलापानी तयार हुने किरण आले मगर रोजगारीको शिलशिलामा दुवै लगायत भारतको दिल्ली, गुडगाव र फरिदाबादको शहरमा पनि आफ्नो खेल र नामको छाप छोडेका छन् | शिकारीले निशाना लगाए जस्तै गरि सहि ठाउमा बल खसाल्ने सिपालु स्पाइकर किरण आले मगर विभिन्न ठाउमा टिम क्याप्टेन को जिम्मेवारी निभाउदै खेल जित्ने खेलाडी हुन् | 
खेल जगतमा नेपाल सरकारले बहुप्रतीभासाली खेलाडीहरुको खोजि गर्न नसकेको र भएका खेलाडीहरुको लागि उचित ब्यबस्था गर्न नसकेको हुदा नेपाली खेलाडी र नेपाल राष्ट्र खेल जगतमा पछाडी परेको हो | हरेक  क्षेत्रमा राजनीतिक चलखेल हुने नेपलाको फोहोरी राजनीतिले सच्चा इमान्दार खेलाडीहरु लगायत आम जनताहरुलाई समेत ठुलो समस्या देखा परेको छ |