पहिलो टेस्ट क्रिकेट खेलमा भारतले ४ खेलको टेस्ट श्रृंखलामा १-० को अग्रता

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेट खेलमा १ सय ८ रनको जित दर्ता गर्दै भारतले ४ खेलको टेस्ट श्रृंखलामा १-० को अग्रता लिएको छ ।
भारतको मोहालीमा शनिबार सम्पन्न पहिलो टेस्टमा दक्षिण अफ्रिका १ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
२ सय १८ रनको विजयी लक्ष्य पछ्याएको पाहुना टोली दक्षिण अफ्रिका भारतीय स्पिनरसामु निरीह बन्दै टेस्टको तेस्रो दिन शनिबार मात्र १ सय ९ रनमा समेटियो ।
गत बिहिबारदेखि सुरु भएको टेस्टमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले आफ्नो पहिलो इनिङमा २ सय रन जोडेको थियो ।
जवाफमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा मात्र १ सय ८४ रन जोडेपछि भारतले १६ रनको अग्रता लिएको थियो ।
भारतले आफ्नो दोस्रो इनिङमा २ सय १ रन जोडेपछि दक्षिण अफ्रिकाले २ सय १८ रनको विजयी लक्ष्य पाएको थियो ।
श्रृंखलाअन्तर्गत् यी दुई राष्ट्रबीच यसअभि भएको ट्वेन्टी-२० तथा एकदिवसीय श्रृंखला भने दक्षिण अफ्रिकाले जितेको थियो ।  इमेजखबरमा समाचार छ ।