म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै राज्य विप्लवको मुद्दा दर्ता

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै राज्य विप्लवको मुद्दा दर्ता भएको छ ।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्धामा राज्यविरुद्धको सजायसम्वन्धी ऐनको दफा ३ को उपदफा १ अनुसारको सजाय मागेको छ । अभियोग पुष्टि भएमा जन्मकैद हुनसक्छ ।
प्रहरीले भने ऐनको दफा ३ को उपदफा १ अनुसार सजाय माग गर्न सिफारिस गरेको थियो ।
अन्तराष्ट्रिय फुटबल खेलहरुमा पैसा लिएर फिक्सिङ गरेको आरोपमा प्रहरीले असोज २७ गते कप्तान सागर थापासहित चार खेलाडी र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो । अन्लाईनखबरमा समाचार छ ।