नेपालीहरुको महान चाड दसैं-तिहारको समाप्तिसँगै मिथिलाञ्चलको महत्वपूर्ण चार दिने छठ पर्व शुरु
कार्तिक ३० गते, २०७२ मा प्रकाशित
नेपालीहरुको महान चाड दसैं-तिहारको समाप्तिसँगै मिथिलाञ्चलको महत्वपूर्ण चार दिने छठ पर्व शुरु भएको छ । छठका लागि पोखरी सिंगार्नेदेखि सामानको जोहो गर्न तराईका बजारहरुमा सर्वसाधारणको घुईंचो बढेको छ ।
मूख्यतः जनकपुरको गंगा सागर, धनुष सागर, दशरथ तलाउ सहितका दर्जनौं पोखरीलाई छठ पर्वका अवसरमा सजाइएको छ ।
त्यस्तै जलेश्वर, बीरगंजमा रहेका पोखरीलाई पनि सजाइएको छ । सुर्य देवको आराधना गरी मनाइने यो पर्वमा अस्ताउँदो र उदाउँसो सुर्यलाई नदी तथा पोखरी किनारमा बसेर ब्रतालुले अर्घ दिने प्रचलन छ ।
राजधानीमा पनि छठ पर्वको रौनकले छोएको छ । राजधानीका विभिन्न सात स्थानमा छठ पर्वका लागि पोखरी सजाइएको छ । इमेजखबरमा समाचार छ ।